रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक केही समयका लागि स्थगित भएको छ ।

रास्वपाका सांसदहरूले जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै बैठक अवरुद्ध पारेका थिए ।

 

रास्वपालाई नेकपा एमालेका सांसदले पनि साथ दिएका थिए ।

बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation