
बुटवल असार १४ । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्क बिहिन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क विहिन बनेका घर्तीलाई ५० भन्दा बढी बचतकर्ताहरुको लिखित निवेदन परेपछि खोजी गर्न थालेको रुपन्देही प्रहरीले सुक्रवार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सहकारीका बचतकर्तालाई रकम नदिएको भन्ने उजुरीका आधारमा घर्तीलाई पक्राउ गरिएको बताए। उनी माथि थप अनुसन्धान भइरहेको अर्यालले बताए। घर्ती विरुद्ध ५० भन्दा बढि बचतकर्ताले प्रहरीमा निवेदन दिएका छन्।
सन्चालकहरुले सहकारीको सिद्धान्त बिपरीत काम गर्दा उक्त सहकारी गर्त बर्षको माघ महिना देखि समस्यामा परेको थियो।