मनाङको हेलिकप्टर खोज्न सोलुको लाम्जुरापासतर्फ प्रहरी जाँदै

२६ असार, काठमाडौं । बेपत्ता मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लाम्जुरा पहाडतर्फ गएर बेपत्ता भएको आशंकामा खोजी थालिएको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाकी उपाध्यक्ष गान्धीमाया तामाङ्गकाअनुसार वडा २ र लिखु पिके गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने लाम्जुरा क्षेत्रमा फसेको आशंकामा खोजी थालिएको छ ।

 

लाम्जुरा पास पहाड रहेको २ नम्बर वडाका अध्यक्ष ङवाङ ठिले शेर्पाले आफ्नो क्षेत्रमा हेलिकप्टरबारे अपुष्ट खबर आएको अनलाइनखबरलाई बताए । ‘हेलिकप्टरबारे मलाई अपुष्ट जानकारी आएपछि प्रहरी खटाएको छु, यहााबाट केही पनि देखिएको छैन,’ उनले भने,’सम्भावित क्षेत्रमा खोजी जारी छ ।’

प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको टोली पैदल रूपमा घटनास्थल पुग्दैछ । स्थानीय प्रहरी इकाइको टोली हेलिकप्टर हराइरहेको भनिएको क्षेत्रमा परिचालित भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation