श्रीलंका जस्तै हुन लागेकाे नेपालको अर्थतन्त्र प्रचण्ड सरकारले माथि उठायाे: केन्द्रीय सदस्य वि.क

अर्घाखाँची
सरकारकाे नेतृत्व गरिरहेकाे ने.क.पा (माओवादी केन्द्र ) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले नेपालकाे अर्थतन्त्र खस्किदै गई श्रीलंका जस्तै हुन लागिरहेकाे अवस्थालाई माथि उठाई हाल स्थिर अवस्थामा नै रहिरहेकाे ने.क.पा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार वि. क ले बताएका छन ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) सन्धिखर्क नगरपालिका वडा नं ९ द्वारा अर्घा मसुरेपाटामा आयाेजित विस्तारित बैठक तथा भेलामा प्रमुख अतिथि वि.क ले साे कुरा बताएका हुन । भेलामा नेता वि.क ले जादु जस्तै गरि ३२ सिटे माओवादीले पनि सरकारकाे नेतृत्व गरि भ्रष्टाचारीहरुलाई दिनका दिन पक्राउ गरिरहेकाे र दाेषि ठहरिएमा आफू पनि जेल जान तयार रहेकाे भनेर प्रधानमन्त्रीले भन्दै गर्दा विपक्षीहरुले दाेषिलाई ठाकछाेप गरिरहेकाे बताएका थिय । त्यसैगरी पार्टीले सुरु गरेकाे ३ महिने अभियानमा दृढता पूर्वक लागि विभिन्न समयमा पार्टी छाेडेर जाने कम्युनिस्ट पार्टीका कमरेडहरुलाइ एकताबद्ध गराउने प्रतिबद्धता समेत जायर गरेका थिय।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) लुम्बिनी प्रदेश समिति सचिवाल सदस्य तथा अर्घाखाँची जिल्ला संयाेजक राजेन्द्र भुसालले पार्टी केन्द्रले जसरी भ्रष्टाचारिहरुलाई दिनका दिन छाेपिरहेकाे छ त्यसरी नै हामिले पनि सरकारलाई साथ सहयाेग गरि यदि दाेषि रहेमा आफ्नाे पार्टीका नेताहरूलाई पनि नछाड्ने गरि भ्रष्टाचार मुक्त देश बनाउन लाग्नु पर्ने बताएका थिय । त्यसैगरी उनले भुटानी सरणार्थी काण्डमा प्रकाउ परेका टाेप वहादुर रायमाझी वास्तविक दाेषि नै रहेकाे तर उनले प्रतिसाेधकाे भावना राखि मलाई फसाईएकाे हाे भन्ने कुरा बेतुक काे रहेकाे बताएका थिय ।

त्यसैगरी अतिथि प्रदेश समिति सदस्य तथा सन्धिखर्क नगर ईन्चार्ज देवि वहादुर रायमाझी ले टाेप वहादुर रायमाझीका कारण आफू रायमाझी भन्न पनि लाज लागेकाे र केही दिन अगाडि भेट्न गएकाे समयमा उनिहरु आफैमा पाेलापाेल गरिरहेकाे देख्दा बास्तवमा दाेषि नै रहेकाे बताईका थिय ।

कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश सदस्य कृष्ण सारु, सन्धिखर्क नगर समिति काेषाध्यक्ष अम्मर परियार सन्धिखर्क काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष वसन्त अधिकार, जेष्ठ कम्युनिस्ट मञ्च प्रदेश सदस्य ज्ञान वहादुर रायमाझी, खुमानसिंह वि.क, सन्धिखर्क नगर समिति सदस्यहरु ,वडा समिति पदाधिकारी तथा सदस्यहरु पार्टी कार्यकर्ता तथा पार्टी सदस्यहरु लगायतकाे उपस्थिति थियाे । उपस्थितिहरुबाट प्रतिनिधित्व गरि पालैपालाे रिपोर्टिङ समेत गरिएकाे थियाे । कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) सन्धिखर्क नगर समिति सदस्य तथा ९ नं वडा समिति अध्यक्ष बेदुराम भुसालकाे अध्यक्ष तथा वडा समिति सचिव वसन्त वि.क काे संचालनमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation