कपिलवस्तुकी सोनाका लागि इजरायलबाट पठाए विद्यार्थीले सहयोग

लामो समय देखि घाँटीको समस्या खेप्दै आएकी कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ४ की सोना पौडेलका लागि विदेशी भुमीमा पुगेका विद्यार्थीहरुले सहयोग रकम पठाएका छन् ।
शभरबाट कृषि विषय अध्ययन गर्न ईजरायल पुगेका विद्यार्थीले सोना पौडेलको उपचारमा आफुसक्दो सहयोग गरेका हुन् । साना किसान कृषि सहकारी मार्फत कृषक रोजगारी तथा आधुनिक कृषि विषयको अध्ययन गर्न इजरायल पुगेका कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरका मनोज शर्मा पौडेल सहितका विद्यार्थीले वाणगंगा ४ ठाकुरापुरकी सोनाको उपचारमा सहयोग होस भनी रु.३० हजार नगद सहयोग पठाएका थिए ।
आर्भा इन्टरनेश्नल सेन्टर फर एग्रिकल्चर ट्रेनिङमा अध्ययन गरिरहेका विद्यार्थीले उक्त रकम संकलन गरेको ईजरायलबाट मनोज शर्मा पौडेलले जानकारी दिनुभएको छ । इजरायलमा रहेका नेपाली विद्यार्थीहरुले आफुले खाने खाजा खर्च कटाएर सोनाको उपचारमा सहयोग गरेका हुन ।
इजरायलमा अध्ययन गरिरहनुभएका कपिलवस्तुका मनोज शर्मा पौडेल सहित सुजन पौडेल क्षेत्री तथा ठाकुरापुरका युवा समाजसेवी मिलन चालिसेको पहलबाट उक्त रकम स्थानिय युवाहरुलाई पठाई बुधबार सोनाको परिवारलाई हस्तान्त्रण पनि गरिएको छ ।
आर्थिक स्थिति दयनिय भए उपचार गराउन गाह्रो भैरहेको बेला आफुलाई सहयोग आएको भन्दै सोनाका परिवारले सहयोगी विद्यार्थीहरुलाई धन्यवाद दिएका छन् ।
सोनाको अहिले काठमाडौंमा उपचार भैरहेको छ । कोरोना पोजेटिभ देखिएपछि सोनाको उपचारमा अहिले भने ढिलाई भएको छ । उपचारका लागि काठमाडौं गएको आज १६ दिन वितिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation