गान्धीका हत्यारा जेल मुक्त

भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्या आरोपमा जेल जीवन बिताइरहेकी एक जनालाई जेलमुक्त गरिएको छ । मद्रास उच्च अदालतले हिजो दिएको आदेशपछि उनी रिहा भएकी हुन् ।

नलिनी श्रीहरनलाई तमिलनाडु सरकारले अदालतको आदेश भन्दै हिजो कारागारबाट बाहिर निकालेको हो । उनकी आमाले आफ्नो खराब स्वास्थ्य र बृध्द् अवस्था देखाउँदै उक्त उमेरमा हेरचाह गर्नको लागि दिएको निवेदनपछि अदालतले नलिनीलाई हाजिर जमानीमा रिहाइको आदेश दिएको हो

सन् १९९१ को २१ मेका दिन गान्धी चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा मद्रास नजिकै श्रीपुरुम्बुदुरमा मारिएका थिए । आत्मघाती बिस्फोटको क्रममा गान्धीसहित ५७ जना मारिएका थिए । सो घटनामा नलिनीसहित सात जनामाथि आत्मघाती घटनाको प्रबन्ध गरेको अभियोग लगाइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation