माथागढी गाउँपालिकाकाे अायाेजनामा”स्थानीय स्राेत साधनको सदुपयोग गराैं सीप सिकाै अात्मनिर्भर बनाैं भन्ने उदेश्यका साथ गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम (मेडपा) ७ दिने उद्ममशिलता विकास तालिम कसेनीमा सम्पन्न भएको छ
समापन कार्यक्रममा बोल्दै माथागढी गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले मेडपा कार्यक्रमले गाउँपालिकामा इच्छाशक्ति भएका बेरोजगारी व्यक्तिहरुलाई जिवनस्तर कसरी माथी उकासन्न सकिन्छ र कसरी रोजगार मुलक बनाउन सकिन्छ भन्ने तर्फ गाउँपालिका लागेको बताउनुभयो । वहाले मेडपा तालिमले जनतामा थप मद्धत पुग्नुका साथै दिगो रुपमा कसरी अगाडी बढाउन सकिन्छ त्यता तिर पनि सवैले ध्यान दिएर काम गर्न जरुर रहेको बताउनुभयो । वहाले मानिस उद्यमी बन्नका लागि मिहिनेत सँगै नयाँ प्रविधि मैत्री काम गर्नुपर्ने निर्वाहमूखी भन्दा व्यवसायीकता तर्फ लाग्नु पर्ने बताउनुभयो । वहाले गाउँपालिकालाई आवश्यक पर्ने उद्यमीहरू जन्माउने कार्यलाई अभियानको रूपमा लैजाने र परम्परागत शैलीको कृषि प्रबिधिलाई परिवर्तन गरी युवाहरुलाई आकर्षित ज्ञान र सीप दिएर ब्यबसायतिर प्रेरित गर्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरेर आयआर्जन बढाउन आग्रह गर्नुभयो । सिकेको सिपको व्यववहारीक कार्यान्वयन नगरेपछि तालिमको कुनै औचित्य नहुने भएकाले सिकेको सिपलाई व्यवहारमा लाग्गु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् वडा नम्बर ३ का अध्यक्ष दिपक थापाले तालिममा सहभागी सबैलाई व्यवसायीकता तर्फ लाग्न र वडा तथा व्यक्तिगत तर्फबाट अाफुले गर्नुपर्ने सहयोग पूर्णरूपमा गर्ने बताउनुभयो । पालिकाको लगानीलाई सदुपयोग गर्दै तालिमबाट सिकेका विषयवस्तुहरुलाई व्यवहारमा लागु गरी त्यसलाई आय आर्जनतर्फ रुपान्तरण गर्नुपर्ने सुझाव दिनुभयो ।
तालिममा सहभागीकोतर्फबाट चिन्तना चिदी , गाेमा बगाले , मंगली कुमालले उधमीहरुले आफुले सिकेको सिपलाई सहि ढगंले प्रयोग गरेर ब्यवसायिक रुपमा अघि बढ्ने बताएका छन् । उनीहरु तालिमबाट सिकेका सिप र ज्ञानलाई सदुपयोग गरेर अबको केहि बर्षमै सबै मिलेर ब्यबसायिक रुपमा अघि बढ्ने जनाएका छ्न ।
वेरोजगार युवा युवतीहरुलाई सिप मुलक तालिम प्रदान गरी रोजगार श्रृजना गर्ने उदेश्यले सिप मुलक तालिम पुर्व, व्यवसाय सञ्चालन सम्वन्धी सम्पुर्ण ज्ञान प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको सचेतना मुलक तालिममा व्यवसाय के हो ? व्यसायको महत्व किन ?, लघु उद्यम भनेको के हो ?, सफल उद्यमीका विशेषताहरू, लक्ष्य निर्धारण, सिर्जनशीलता, व्यावसायिक अवसरका पहिचान गर्ने आधारहरू, विक्रयकला, व्यवसायको प्रारम्भीक छनोट गर्ने आधारहरू, व्यवसायको अन्तिम छनोट, बजार र बजारीकरण, व्यावसायिक योजना र लैङ्गिक समनता लगायतका विषयमा प्रशिक्षण गरिएको छ ।
उद्यमशील विकास सहजकर्ता काैशिला सुनार ,अाेसमा अाेली , नारायणी सारु र यमाकुमारी चाैहानले सहजीकरण गर्नुभएको थियो भने तालिममा ३० जनाकाे सहभागीता रहेको थियो ।