बुटवलको तामनगरमा ट्रकमा कार ठाेक्किदा ३ जनाकाे मृत्यु

बुटवल माघ २४/रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छ्न। सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए। पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको प्रहरीको भनाइ छ। दुर्घटनामा परि गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृत्यु र घाइते सबैको सनाखत तथा पहिचान हुन बाँकी छ। ट्रक चालक फरार रहेका छन्। घटनासम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation