को हुन् त ? कञ्चन वडा नं. ५ का वडा अध्यक्षका उम्मेद्वार अमर

पार्टीमा उनको टेक नाम अमर थियो, खास नाम भने हिरा बहादुर रोका हो । तत्कालिन नेकपा (माओवादी) मा समाहित भएर उनले देश र नागरिेकको मुहार फेर्ने अनि आर्थिक समृद्धिका लागि आफ्नो जीवनको आहुति दिने भनेर लागेका थिए ।
२०३५ साल बैशाख १० गते प्यूठान जिल्लाको साबिक डाम्री गा.वि.स हाल नौबहिनी गाँउपालिकाको गावैमा आमा गोमतिदेवि र बुबा शिवलालको कोखबाट कान्छो छोराको रुपमा जन्मिएका उनी, जिवनका निकै ठुला उकाली र ओरालीहरु झर्नुपरेको छ । सामान्य परिवारमा जन्मिएका उनको ५ वर्ष बाल्यकाल प्यूठानमै बित्यो । जिविकोपार्जनको लागि निकै संघर्ष गर्नुपरेका कारण, २०४० सालमा सपरिवार सहित रुपन्देहीको रुद्रपुरमा बसाइसरेका उनका दुइ बहिनीहरु छन् ।
२०५२ साल असारको महिना १७ वर्षको उमेरमा लिला खड्कासंग प्रेम विवाह गरेका उनि जिवनको थप जिम्मेवारी प्रवेश गरे ।

पछि, रोजगारीको सिलसिलामा भारत–पञ्जाब गई पाइप फिटिङ्गको काममा आठ सय भारतीय रुपैयामा काम गरे । परिस्थितिले भारत डो्याएको उनको चेतनाको स्तर भने निकै माथि थियो । मजदुर शोषण ,अन्याय र अत्याचारले सिमा नाघेको बखत उनलाइ सामन्ति सत्ताले मजदुर वर्ग माथि गरेको अन्याय भने पटक्कै मन परेको थिएन । भारतमै मजदुरी गरेको बेला नेपालमा भने नेकपा(माओवादी)ले २०५२ फागुन १ गते देखि सशस्त्र युद्ध संञ्चालन गरिसकेको थियो । विभिन्न अखबार र पत्रपत्रिका बाट नेपालमा मजदुर वर्गले सामन्ति व्यवस्थाको विरुद्ध आगो ओकलिरहेको कुराले निकै प्रभावित पा्यो । पछि अखिल भारत नेपाली एकता समाजमा दुर्गा वि.क र विर बहादुर कार्कीले आबद्धता गराइसकेपछि जालन्धर कमिटीको सदस्य भै राजनैतिक यात्रा सुरु गरेका उनी प्रवासि नेपालीहरुलाइ संगठित र प्रशिक्षित गर्दै, मजदुरले उचित तलब नपाउदा भारतमै संघर्षका मोर्चा सम्हालेका थिए । पछि कार्यक्षेत्र फराकिलो बनाउँदै राजस्थान,पञ्जाव,दिल्ली,अछाम, गोवाहटी र यू.पी का विभिन्न ठाउँमा संगठन निर्माणलाइ चुस्तदुरुस्त पार्दै लगे ।

२०५७ सालमा रुद्रपुर फर्किए पछि भने बालकृष्ण काउचाको सम्पर्कबाट उनले पूर्ण भूमिगत जीवन सुरुवात गरे । भूमिगत जीवनमै रुपन्देहीलाइ कार्यक्षेत्र बनाइ जनयुद्धका निकै ठूला मोर्चा सम्हाल्दै जाली फटाहाको तमसुक च्यात्ने र मजदूर वर्गको पक्षमा व्यापक भाडाफोर गर्दै युद्धका घाइते भारतकै (पञ्जाब, इलाहबाद, लखनऊ) लगायतका ठाउमा उपचारका लागि भूमिगत शैलीमै लग्थे उनी । कपिलवस्तु र दाङ्गको बाटो प्रयोग गरि उपचारमा लैजाने गरेका थिए । २०५८को मंसिर ११ गते बाट भने देश अर्को चरणमा पुग्यो । तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले देशमा संकटकाल लगाए पछि भने जीवन झन जटिल हुँदै गयो र तात्कालिन शाही नेपाली सेनाले व्यापक धरपकड ग¥यो, आक्रमणलाइ तिव्रता दिइयो । जनमिलिसियाकै जिम्मेवारी सम्हालेका अमर रुपन्देहीमा जाली फटाहाका तमसुक च्यात्ने काममा व्यापकता दिँदै गए । २०५९ सालमा रुपन्देही जिल्ला सदस्य भए पछि भने जिम्मेवारीका चाङ्गहरु थपिँदै गए । पूर्ण रुपमा भूमिगत हुनुभएको हिरा बहादुर रोका जनयुद्धले अमर बनायो । भूमिगत कालमै लुकिछिपि घर जाने गरेका उनि घरको एक्लो छोरो युद्धमा लागेको पिर भने आमा–बुबा र जीवन संगिनीले सधैं सम्झाइ रहनुहुन्थ्यो ।

अमरको भुमिगत नाम भने युवराज पाण्डे (किरण) ले राखीदिनु भएको थियो । रुपन्देहीको लोकप्रिय नेताको छवि बनाएको उनि इमानदारिताको पर्याय हुन् । नाफाको जीवन हो भन्दै उनी बताउँछन् । बाँकी जीवन जनताकै सेवामा समर्पित गर्छु । चुनुवाङ बैठकको सामना गरेका उनी शान्ति प्रक्रियापछि पार्टी बिग्रउनु हुन्न भन्दै सधैं नेतृत्वलाइ खबरदारी गरिरहे । सधैं क्रान्तिकै पक्षमा र जनताकै पक्षमा उभिरहे । बालाजुको पाँचौ विस्तारित बैठकमा सतिसाल बनेर उभिएका उनी पालुङटार विस्तारित बैठकमा पनि उनको आस्था र विचार डगमगाएन । २०६९ सालमा पार्टी बिग्रियो कि? संसदीय व्यवस्थामा जानु हुदैन भन्दै वैधलाइ साथ दिएका उनी नेतृत्वले सहि दिशा पकड्न नसकेका कारण २०७१ सालमा विपल्वले नेतत्व गरेको नेकपा हुँदै रुपन्देही जिल्ला सचिवको जिम्मेवारी सम्हाले । ५ वर्ष सेकेटरीको जिम्मेवारी रही काम गरेका उनी क्रान्तिको गफ गर्ने र जनतालाइ गुम्रराहमा राख्ने काम विप्लवबाट पनि भएको हुदा क्रान्तिको उज्यालो नदेखिसकेपछि माओवादी आन्दोलन कमजोर हुन्छ कि भन्ने महसुस गरी प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी कार्यभारका लागि डटेर लाग्ने बताउँदै, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य रुपन्देही क्षेत्र नं.५को इन्चार्जको जिम्मेवारी सम्हालेका छन् । नेता सधैं नेता मात्र होइन, कहिलेकाहीं जनता बन्न पनि तयार हुनुपर्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् ।

२०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट कञ्चन गाँउपालिका वडा नं.५.को वडा अध्यक्षको उम्मेद्वारी दिएका अमरलाई जितको अग्रीम शुभकामना संगै बाँकी राजनैतिक जीवनको शुभकामना….

भिडियो हेर्न तलको लिङ्कमा जानुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation