स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवारी ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।

यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो।

यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ ?

नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगररउमहानगररमहानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ।

  • नेपाली नागरिकता
  • मनोनयन दर्ता गर्ने मितिसम्ममा२१ वर्ष उमेर पुरा भएको हुनुपर्छ।
  • सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ।
  • कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ।

    के के कागजात चाहिन्छ

  • अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • धरौटी राखेको बैंक भौचर वा नगद रसिद
  • दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
  • सम्बन्धित पालिकाको कुनै वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  • उम्मेदवारको स्वघोषण

वडा अध्यक्ष र वडा सदस्यका लागि

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • धरौटी राखेको बैंक भौचर वा नगद रसिद
  • दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
  • सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  • उम्मेदवारको स्वघोषणा

दलित महिला वडा सदस्यका लागि

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • धरौटी राखेको बैंक भौचर वा नगद रसिद
  • दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
  • सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
  • सम्बन्धित गाउँपालिका, नगरपालिका, वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा
  • उम्मेदवारको स्वघोषणा

उम्मेदवारले राख्नुपर्ने धरौटी

  • वडा सदस्य: ५०० रूपैयाँ
  • वडाअध्यक्ष: १००० रूपैयाँ
  • अध्यक्ष, उपाध्यक्ष: १५०० रूपैयाँ
  • प्रमुख, उपप्रमुख: १५०० रूपैयाँ

    (महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation