पूर्वाधार विकासमा सबैभन्दा बढी परिचित प्रक्रिया हो, डिटेल्ड प्रोजेक्ट रिपोर्ट (डिपिआर) । यो आयोजनाको आउटपुट हो । जसमा समग्र प्रोजेक्टको योजना र डिजाइनको विस्तृत विवरण समावेश हुन्छ । प्रोजेक्टको समयसीमा, लागत, समग्र प्रोजेक्टमा हुने गतिविधि, आवश्यक स्रोतसाधन, विभिन्न भूमिका र जिम्मेवारीको विवरणको आधारमा डिपिआर तयार हुन्छ ।
डिपिआर तयार गर्दा विभिन्न विज्ञ, सम्बन्धित निकायहरु, सम्बन्धित व्यक्तिहरुलगायतसँगको छलफलका आधारमा डिपिआर तयार पारिन्छ । यस्तै, पूर्वाधार विकासमा डिपिआर तयार गर्नुअघि गरिने प्रक्रिया हो, इनभारमेन्टल इम्प्याक्ट एसेसमेन्ट (ईआईए) अर्थात् वातावरणीय असरसम्बन्धि अध्ययन । यी दुवै प्रक्रियाले पूर्वाधार विकासमा सबैभन्दा बढी महत्व राख्ने विज्ञहरु बताउँछन् । तर सैनामैनाका बिभिन्न आयोजनाका नाममा खर्च गर्न सजिलो हुने भएपछि स्थानीय सरकार विभिन्न योजनाको डिपिआर र गुरुयोजना निर्माणका नाममा बजेट सक्ने गरेको आरोप लगायका छन् । आज सैनामैना वडा नं. १०को चुनाबि सभालाई सम्बोधन गर्दै डिपिआर र गुरुयोजनाका नाममा खर्च गर्न सजिलो हुने भएपछि एमाले नेतृत्वको सैनामैना स्थानिय सरकारले यसमा जोड दिएको बताएका छन ।
खर्च गरेको देखाएर खान सजिलो हुने भएकाले डिपिआर र गुरुयोजनामा बजेट विनियोजन गरी डिपिआरका लागि सैनामैना नगरपालिकाले सबैभन्दा बढी बजेट छुट्याएको बताएका छन् । स्थानीय सरकारले डिपिआर बजेटको गलत प्रयोग गरिरहेको नेपाली काङग्रेस गठबन्धन दलका मेयर पदका उम्मेदवार फणिन्द्र शर्माको भनाइ छ ।
काम गरेजस्तो देखाएर खाने गरिएको बताए । ‘डिपिआर निर्माण गर्ने प्रक्रिया असाध्यै राम्रो हो, तर यसको गलत प्रयोग हुँदा अनियमितता भइरहेको छ, उनले भने । पाँच लाखभन्दा माथिको आयोजनाका लागि डिपिआर बनाउँदा टेन्डर आह्वान गरिन्छ । त्योभन्दा कम बजेटको आयोजनामा कोटेसन माग्ने गरिएको छ । तीनवटा कोटेसन मागेर आफूनिकटका कम्पनीलाई डिपिआर निर्माणको जिम्मा दिने गरिएको भन्दै निर्वाचन पछि आउने आफ्नो नेतृत्वको स्थानिय सरकारले रोक्ने बताए ।