सरकारले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । इस्लाम धर्मावलम्वीहरुको पर्व इद उल फित्रको उपलक्ष्यमा भोलि मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् ।
पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।
यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ ।
यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।
मुस्लिमहरुले हिजो साँझसम्म एक महिने ब्रत बसेका थिए । हिजो साँझ चन्द्रमा नदेखिएकाले इद उल फित्र भोलिलाई सरेको हो । रोजा सकिएको साँझ चन्द्रमा देखिएको अवस्थामा इद उल फित्र पर्व भोलिपल्ट मनाउने प्रचलन छ ।