सैनामैना नगरपालिकामा एमालेको अग्रता

English English Nepali Nepali

रुपन्देहीको सैनामैना नगरपालिकामा जारी मतगणनामा एमालेको अग्रता कायमै छ । तर, प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

यहाँको ५०० मत गन्दा एमालेका प्रमुख पदका उमेदवार चित्रबहादुर कार्कीले २१९ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका फणिन्द्रप्रसाद शर्माले २१६ मतसहित पछ्याइरहनुभएको छ ।

यस्तै उपप्रमुखमा एमालेकी बिना रानाले २३३ मतसहित अग्रता लिनुभएको छ । माओवादी केन्द्रका मानबहादुर महतले २२४ मतसहित पछ्याउनुभएको छ ।

त्यस्तै एमालेका वडाध्यक्ष पदका उम्मदेवार केयर सिंह गलामीले २३९ मत ल्याएर अग्रता लिनुभएको छ भने माओवादी केन्द्रका भुवन क्षेत्रीले २३६ मत ल्याउँदै पछ्याइरहनुभएको छ ।

त्यसैगरी दलित महिला सदस्यमा एमालेबाट २३७, गठबन्धनबाट २२३ मत ल्याउनुभएको छ । भने दलित महिला सदस्यमा पनि एमालेको अग्रता छ । एमालेबाट २४० र गठबन्धनबाट २२४ र सदस्यहरुमा एमालेबाट २४० र २१९ तथा गठबन्धनबाट २३९ र २१६ मत ल्याएर प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation