रोल्पामा सबैलाई उछिन्दै माओवादी उम्मेद्वारहरु विजयी

English English Nepali Nepali

रोल्पा नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा विजयी भएका छन् । थापाले ९ सय ८७ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवारले ३७० र एमालेले ४३ मत पाएका हुन् ।

 

यस्तै सुनिलस्मृति गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार पवन कवर विजयी भएका छन् । कवरले ७ सय ७६ मत पाएका हुन् ।

 

एमाले–काँग्रेस र विप्लवका साझा उम्मेदवार ससिराम कवरले ३ सय ७४ मत पाएका छन् ।

 

माओवादी केन्द्रले थवाङ गाउँपालिका–५ मा पनि विजयी हासिल गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2022 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation