![](https://ujyaalopost.com/wp-content/uploads/2022/05/oil-nigam.jpg)
पेट्रोलियम पदार्थको मूल्यमा गरिएको वृद्धिको विरोध गर्ने क्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ निकट विद्यार्थीहरुले नेपाल आयल निगमको झ्यालको सिसा फुटाएका छन् ।
मध्यान्ह १२ बजेदेखि टेकुस्थित निगमको कार्यालय बाहिर विद्यार्थीहरुले मूल्यवृद्धि खारेज गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज –गर्, दलाल माफियाहरु – मुर्दावादलगायत नारा लगाएका थिए ।
विरोध कार्यक्रमको नेतृत्व वैद्य निकट अखिलका अध्यक्ष हरिकृष्ण गजुरेल र विप्लव निकट विद्यार्थी संगठनका डिवी चन्दले गरेका थिए ।
कार्यक्रमको अन्तमा विद्यार्थीहरुले निगमको झ्यालमा सिसा हानेर फुटाइदिएका छन् । कार्यक्रममा डेढ दर्जनको उपस्थिति थियो ।