राजनीतिक दलमा लागेका शिक्षकले राजिनामा दिनु – राजापुरका मेयर थारु

बर्दियाको राजापुर नगरपालिकाको नवनिर्वाचित मेयर दिपेश थारुले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई राजिनामा दिन निर्देशन दिएका छन् ।

नगरपालिकाको सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षकहरुलाई एकमुष्ठ जानकारी दिँदै उनले मंगलबार यस्तो निर्देशन दिएका हुन् ।

‘प्रचलित शिक्षा ऐन, २०२८ ९संशोधनसहित० को दफा १६ ९ङ०को उपदफा ५ को ९छ० मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी आचरण विपरितको कार्य गर्ने यस राजपुर नगरपालिका अन्तर्गत सामुदायीक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजिनामा दिन लगाई सोको विवरण ७ दिन भित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ,’ नगरपालिकाले विद्यालयलाई पठाएको पत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation