महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)

साया किरण । कलौनीमा आज महिला हिंसा विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । ‘गल्स इम्पावरमेन्ट नेपाल (सङघर्ष समिति)द्धारा सो कार्यक्रम सम्पन्न भएको हो । वर्तमान समयमा घटेका यौन हिंसा तथा बलात्कारका घटना साथै पिडितहरुलाई न्यायको माग गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम संचालन गर्दै सुप्रिया अञ्जलीले गर्नु भएको हो ।

कार्यक्रममा साया किरणले महिला हिंसा हुनुका कारणसहित भन्नुभयो, ‘उत्पिडनमा परेका महिलाको न्यायको बोल्नुपर्छ । महिलालाई महिला होइन, पहिला मान्छेको नजरले हेर्नुपर्छ । हाम्रो शरीरमा इज्जत राख्ने अधिकार कसैलाई पनि छैन । महिलाका स्तन र नितम्ब नापेर सुन्दरी घोषण गर्ने यो व्यवस्था खारेज गर्नुपर्छ । महिलालाई वस्तु ठान्ने यो दलाल पूँजीवादी व्यवस्था, पितृसत्ताका विरुद्ध सशक्त ढङ्बाट लाग्नु पर्छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै प्रतिक्षाले बताउनु भयो, ‘महिलामाथि हुने यौन दुव्र्यवहारको विरुद्ध सबैसगैँ लड्नु पर्छ, हार खानु हुदैन । हामी कमजोर छैनौँ ।कार्यक्रममा महिमाले पनि एकजुट भएर लडेमा मात्रै न्याय प्राप्त गर्न सकिने र आफूले आफूलाई कमजोर ठान्न नहुने समेत बताउनु भयो ।

कार्यक्रममा भिमले बताउनु भयो – महिलाको न्यायको निम्ति महिलामात्रै होइन पुरुष पनि लड्नुपर्छ । एउटै परिवारमा पनि छोरा र छोरी हुने विभेदहरु बढिरहेका छन् । यो महिलाको मात्रै लडाई होइन सम्पूर्ण न्यायप्रेमिहरुको लडाइ हो । हामी सधै सगैँ हुनेछौँ ।

त्यस्तै पुनम चौधरीले बताउनुभयो – महिलाको अधिकारको निम्ति सबै लड्नु पर्छ । घरभित्र नै यौन हिंसाका घटनाहरु घटेको र कयौँ घटनाहरु बाहिर आउन नसकेको बताउनु भयो ।
स्थानिय बासीहरुको उत्प्रेरणा र सहयोग पनि उत्तिकै रहेको थियो ।

कार्यक्रमका नाराहरु –
कथित सुन्दरी प्रतियोगिता – खारेज गर् ।
यौन अपराधीलाई सामाजिक बहिष्कार गरौँ ।
पितृसत्ता – मुर्दावाद ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation