मुल्यवृद्दी नियन्त्रणमा प्रचण्डले चाले यस्तो ठोस कदम देशैभर बढ्यो आशा

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनुपर्ने बताए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसार पनि अगाडि बढ्नुपर्ने बताएका हुन् – ‘अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन ।’

कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर दुनियाँभरि परेको छ र त्यसबाट नेपाल पनि अछुतो छैन,’ उनले भने, ‘यसको सामना एउटा राजनीतिक दल विशेषले या सरकार एक्लैले मात्रै गर्न सक्ने स्थिति पनि छैन । तर, मुख्य दायित्व सरकारकै हुन्छ ।’

महँगीको मारमा जनता परेको र त्यसले झन् समस्या पार्ने हो कि भन्ने दाहालको आशंका थियो ।

उनले त्यसलाई रोक्नका निम्ति सरकारले समयमै कदम चाल्नुपर्ने बताए । महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ ।

दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । यसको सामना हामीले गर्नु छ,’ उनले सुझाव दिए, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ । हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ ।

हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छस त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस् ।’

दाहालले सरकारलाई त्यसलाई गम्भीर बन्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीसँग पनि त्यसबारे छलफल भएको जानकारी दिए । ‘

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation