
नेपालको चार दिने भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको टोली अहिले भक्तपुरको बालकोट पुगेको छ । प्रमुख लिउसहितको टोली एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न त्यहाँ पुगेको हो ।
होटल द्वारिकाबाट निस्केको टोली गौशाला, एयरपोर्ट, तिनकुने, कोटेश्वर ,जडिबुटीहुँदै बालकोट पुगेको हो ।
हिजो अपरान्ह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता गरेको चिनियाँ पाहुनाको टोलीको सम्मानमा साँझ होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको थियो ।
आज एमाले अध्यक्ष ओली र नेताहरुसँग भेटवार्ता गरेपछि चिनियाँ पाहुनाको सम्माानमा ओली निवासमै दिवा भोजको आयोजना गरिनेछ ।