प्रचण्ड आज भारत जाँदै

काठमाडौं । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदै छन् । दाहाल दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ । उनको यो भ्रमण आकस्मिक हो ।

भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउने बताइए पनि त्यो निश्चित भइसकेको छैन ।

भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेको सचिवालयले जनाएको छ । तीन दिनसम्म भारतमा रहँदा प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका नेताको नेपाल भ्रमणलगत्तै प्रचण्ड भारत जानुलाई नेपाली राजनीतिमा संशयपूर्ण हिसाबले हेरिएको छ ।

यद्यपि करिब डेढ महिना पहिले तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको तर्फबाट उपयुक्त समयमा भ्रमणको निम्तो दिएको र अध्यक्ष प्रचण्डले जुलाईको दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताए अनुसार नै भ्रमण हुन लागेको सचिवालयले प्रष्टीकरण दिएको छ ।

३ दिनको भ्रमण सकेर दाहाल आइतबार स्वदेश फर्किने छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation