दरबारमार्गको क्लबमा ‘ग्याङ फाइट’ हुँदा एक जना घाइते, १० जना प्रहरीको नियन्त्रणमा

काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा ुग्याङ फाइटु भएको छ।
गएराति क्लबमा दुई पक्षबीच ुग्याङ फाइटु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।
प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनालीले जानकारी दिए।
ुग्याङ फाइटु हुँदा एक जना घाइते भएका छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भएको मैनालीले बताए।
अन्य केही व्यक्‍तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation