नागरिकता विहीनहरुले माइतीघरबाट शीतल निवासमा दबाब दिने

प्रमाणीकरणको निम्ति राष्ट्रपति कार्यालय, शीतल निवासमा पठाइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गराउन थप दबाबमूलक कार्यक्रम हुने भएको छ । नागरिकताविहीनहरूको पक्षमा आवाज उठाउँदै आएको नागरिकताविहीन संघर्ष समितिले भोलिदेखि निरन्तर दबाब दिन माइतीघर मण्डलामा विरोधका कार्यक्रम राखेको छ ।
समितिले भोलि दिउँसो १२ बजे सबै नागरिकताविहीनहरूलाई काठमाडौँको माइतीघरमा उपस्थित हुन आग्रह गरेको छ । उसले नागरिकता प्राप्तिको लागि यो नै अन्तिम संघर्ष भएकाले जसरी पनि काठमाडौँको आन्दोलनमा सहभागी हुन जानकारी गराएको हो ।
‘आफ्नो हक अधिकारको लडाईंमा आफैं सहभागी बनौँ’ भन्दै समितिले भोलिबाट विशेष दबाबमूलक कार्यक्रम गर्ने उद्घोष गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation