
आज संविधान दिवस, विभिन्न कार्यक्रम गरि देशभर मनाईदै छ। नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको आज सातवर्ष पुरा भएको छ।
त्यसैको स्मरणमा देशभर विभिन्न कार्यक्रमसहित राष्टिय दिवसको रुपमा मनाईन लागेको हो ।
विसं २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउंदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरुपमा सेवा उपलब्ध गराएको छ।
यहि संविधान मार्फत देशका सातवटै प्रदेश, सबै स्थानीय तह र संघीय सरकारमार्फत नयां राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।
जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको भनिएको नेपालको संविधानले नागरिकको जिवनस्तरमा भने खासै परिवर्तन आउन नसकेको गुनासो आउने गरेको छ।