नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार भने ७२ करोडमा रोकियो

लामो समयसम्मको अन्तरालपछि बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ११।२२ अंकले वृद्धि हुँदै १८४८।८२ अंकमा उक्लिएको हो ।
अघिल्लो दिन यस्तो सूचक ३८।८१ अंकले घट्दै १८३७।६० अंकमा झरेको थियो । तर, आज ११ अंकले नेप्से बढेपनि कारोबार भने थप खुम्चिन पुगेको छ । ११।२२ अंकले बढेको बजारमा आज जम्मा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १।७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १।३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १।१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १।०१ प्रतिशतले बढेको छ ।
अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् । आज सामलिङ पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट ९१० प्रतिशतले वृद्धि० लागेको छ भने वियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ३।६३ प्रतिशत गिरावट आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation