१० अर्बभन्दा बढीका आईपीओ पाइपलाइनमा, धेरै कम्पनी जलविद्युत क्षेत्रका

अहिले सञ्चालनमा रहेका ३२ वटा कम्पनीहरु सर्वसाधारणलाई सेयर बिक्री गर्ने ९आईपीओ जारी गर्ने० अनुमतिको पर्खाइमा रहेका छन् । पुँजी बजार क्षेत्रको नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति लिनको लागि ३२ वटा कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।
बोर्डले दिएको जानकारीअनुसार यी कम्पनीको आईपीओ मूल्य १० अर्ब १५ करोड रुपैयाँभन्दा बढी हुन्छ । यसरी आईपीओ जारी गर्न लागेका कम्पनीहरूमा बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न लागेका कम्पनीहरु सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स पनि रहेका छन् । यी कम्पनीहरुले बोर्डबाट अन्तिम स्वीकृति पाएपछि सर्वसाधारणलाई सेयर विक्री गर्नेछन् ।
आईपीओ जारी गर्ने अनुमतिका लागि निवेदन दिएकामध्ये १३ कम्पनीको निवेदन प्रारम्भिक अध्ययनको चरणमा छ । यी १३ कम्पनीले ६ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ बराबरको ३ करोड ७९ लाख ७७ हजार कित्ता आईपीओ जारी गर्ने अनुमति बोर्डसँग मागेका छन् । यी कम्पनी मध्ये सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने अनुमति मागेका छन् । सर्वोत्तमको प्राइस रेन्ज प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१।५० रुपैयाँ छ । यस्तै, रिलायन्स स्पिनिङ मिल्सको प्राइस रेन्ज भने प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ छ । बाँकी ११ कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपीओ जारी गर्न लागेका छन् ।
आईपीको जारी गर्ने अनुमतिको लागि बोर्ड निवेदन दिएका र बोर्डको प्रारम्भिक अध्ययनकै चरणमा रहेका कम्पनीहरूमा रिलायन्स लाइफ इन्स्योरेन्स, कुथेली बुखरी हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सानिमा मिडल तमोर हाइड्रोपावर, रावा इनर्जी, ट्रेड टावर, सर्वोत्तम सिमेन्ट, अपर सान्जे हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घोराई सिमेन्ट, डोल्टी पावर, सगरमाथा जलविद्युत र माइखोला हाइड्रोपावर छन् ।
यस्तै, बोर्डमा निवेदन दिएकामध्ये १३ वटा कम्पनीको प्रारम्भिक अध्ययन भएर बोर्डले थप कागजात र प्रमाण मागेको छ । यसरी प्रमाण मागिएका कम्पनीको संख्या १३ छ । यी १३ कम्पनीले २ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति मागेका छन् । यसरी थप जवाफ र प्रमाण अध्ययनकै चरणमा रहेका कम्पनीहरूमा डिस मिडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, थ्रीस्टार हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त, हाथवे इन्भेष्टमेन्ट, सिटी होटल, मायाखोला हाइड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट, मकर जितुमाया सुरी हाइड्रोपावर, वीपी डब्लु लघुवित्त, इन्ग्वा हाइड्रोपावर, शुभम पावर र सुपर मादी हाइड्रोपावर रहेका बोर्डले जानकारी दिएको छ ।
बोर्डले मागेका थप प्रमाण र कागजात पेश गरेका ६ कम्पनीले बोर्डमा बुझाएको थप प्रमाण र कागजात अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । यी कम्पनीले ७६ करोड ११ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । यसरी अनुमति मागेका कम्पनीहरूमा सुपरमाई हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, वाराही हाइड्रोपावर, एसियन हाइड्रोपावर र कालिन्चोक दर्शन प्रालि रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation