कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

 कपिलवस्तुमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिवार शिवराज नगरपालिकामा भएको दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।

शनिबार विहान पिकअप र मोटरसाइकल एकआपसमा ठोकिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको बा।प्र।०१–०२५ च ९२४४ नम्बरको पिकअप र विपरित दिशाबाट आइरहेको लु। ५७ प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको थियो ।
दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । त्यस्तै शिवराज नगरपालिका ३ मा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको ना ८ ख ३८२९ नम्बरको ट्रकको ठक्करबाट गुल्मी घर भएको ३४ वर्षको बमबहादुर थापाको मृत्यु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation