काठमाडौं(२ मा माओवादीबाट ओनसरी कि कुलमान?

सत्ता गठबन्धनमा रहेका दलहरूबीच काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटाको भागबन्डा लगभग टुंगिएको छ।

उक्त भागबन्डाअनुसार काठमाडौं क्षेत्र नं २ मा नेकपा ९माओवादी केन्द्र०को भागमा पर्ने निश्चित जस्तै भएको छ।

माओवादी केन्द्रको भागमा परे काठमाडौं(२ मा पूर्वसभामुख ओनसरी घर्ती र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ उम्मेदवार बन्ने चर्चा माओवादी वृत्तमा छ।

ष्लखयतभअज
पूर्वसभामुख घर्तीको नाम त्यही क्षेत्रमा यसअघि नै पार्टीले सिफारिस गरिसकेको छ। उनले आफू प्रत्यक्ष निर्वाचन लड्न चाहेको र त्यसका लागि काठमाडौं(२ रोज्ने बताइसकेकी छन्।

घर्ती २०७४ मा समानुपातिक सांसद बनेकी थिइन्। २०७० मा रोल्पा(२ बाट निर्वाचन जितेकी उनी २०६४ मा समेत समानुपातिक सांसद थिइन्।

रोल्पामा अहिले एउटा मात्रै क्षेत्र छ। त्यो क्षेत्रमा उनका श्रीमान तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उम्मेदवार बन्ने निश्चित छ।

कयातधबचष्अबलष्अ
आफ्नो निर्वाचन क्षेत्र नभएको र प्रत्यक्ष निर्वाचनसमेत लड्न चाहेकाले घर्तीले काठमाडौं(२ मा आँखा लगाएकी हुन्। सभामुख, उपसभामुख र एक पटक मन्त्रीसमेत भइसकेकी घर्तीले माओवादी द्वन्द्वकालमा बागमती प्रदेशका धेरै जिल्लामा काम गरेकी थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि घर्तीलाई निर्वाचन लड्नका लागि तयार रहन भनिसकेका छन्।

काठमाडौं( २ घर्ती नै उम्मेदवार बन्ने भन्ने टुंगो भने भइसकेको छैन। यो क्षेत्रमा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ पनि माओवादी उम्मेदवार बन्ने सम्भावना छ।

केही साताअघि माओवादी अध्यक्ष प्रचण्डले काठमाडौंमा आफ्नो पार्टीको जनमत कमजोर भएको उल्लेख गर्दै काठमाडौंका मेयर बालेन शाहको भन्दा चर्को सेन्टिमेन्ट ल्याउने मान्छे खोजी भइरहेको बताएका थिए।

ुहामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं,ु प्रचण्डले भनेका थिए, ुत्यही सेन्टिमेन्ट ल्याएर, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो। त्यस्तो मान्छे गुटबन्दीमा पनि छैन, कहीँ पनि छैन, यो गुट र त्यो गुट भन्ने पनि छैन, हामी सबैले साथ दिन सक्ने मान्छे, हो यो त ठीक छ भन्ने मान्छे उम्मेदवार भए भने काठमाडौंमा हामीले २(३ सिट जित्न सक्छौं। २(३ सिट जित्यौं भने हामी काठमाडौंमा फेरि शक्तिशाली बन्छौं।ु

लोडसेडिङको अन्त्य गरेका घिसिङलाई काठमाडौंको जुन ठाउँबाट उठाए पनि चुनाव जित्ने माओवादीको विश्लेषण छ।

एकातिर काठमाडौंमा पार्टीको खस्किँदो अवस्था, अर्कोतिर कुलमान घिसिङप्रति जनताको विश्वासका कारण जनमत बढ्न सक्ने बुझाइ माओवादीको छ।

माओवादी केन्द्रले २०६४ सालपछि काठमाडौंका कुनै पनि क्षेत्रमा निर्वाचन जित्न सकेको छैन। त्यो बेला काठमाडौंका दस क्षेत्रमध्ये माओवादीले चार क्षेत्रमा निर्वाचन जितेको थियो।

कुलमान घिसिङ निकट स्रोतले भने धेरै दलहरूले पहिलेदेखि नै राजनीतिमा आउनुपर्छ, आफ्नो पार्टीबाट चुनाव लड्नुपर्छ भनेर अनुरोध गरेको तर उनले त्यसबारे कुनै सोच नबनाएको बताएको छ।

ुजलविद्युतको विकासमा नेपाल अहिले महत्त्वपूर्ण चरणमा प्रवेश गरेको र आफ्नो ध्यान त्यसैमा केन्द्रित रहेको उहाँले बताउनुभएको छ,ु स्रोतले भन्यो।
काठमाडौंका बाँकी ९ क्षेत्रमध्ये कांग्रेसले ७ क्षेत्रमा उम्मेदवार बनाउने पनि लगभग टुंगो भइसकेको छ।
सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सहमति भएको छ।
२०७४ को चुनावमा कांग्रेसले काठमाडौंका क्षेत्र नम्बर १, ४, ६, १० क्षेत्र जितेको थियो। यी क्षेत्र यसपालि पनि कांग्रेस आफैंले राखेर सत्ता गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको हो।
कांग्रेसका एक नेताले आफूहरूले ८ वटा क्षेत्रमा दाबी गरेको भए पनि अहिलेसम्म ७ क्षेत्र कांग्रेसलाई दिन अरू दल तयार भएको र थप एक क्षेत्र लिन प्रयास गरिरहेको बताए।
‘क्षेत्र नम्बर ७ मा पनि हामीले दाबी छाडेको छैनौं,’ उनले भने, ‘प्रदेशको सिट बाँडफाँटसँगै यो क्षेत्र पनि कांग्रेसलाई दिने गरी कुरा मिल्न सक्छ।’
काठमाडौं कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई काठमाडौंमा अरू सत्तारूढ दलको मत कम भएकाले कम्तीमा ८ क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउनु पर्ने माग गरेका थिए।
यस्तै क्षेत्र नम्बर ७ मा कांग्रेस, जसपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दाबी गरेका छन्। भट्टराई गठबन्धनका बैठकमा उपस्थित हुने गरेका छैनन्। भट्टराईको पार्टीले माओवादीकै चुनाव चिन्ह लिने सहमति छ।
काठमाडौं(७ मा भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दिने तयारी गरिरहेकी छन्।
यो क्षेत्रमा कांग्रेस र जसपाले दाबी छाडेका छैनन्। जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजेन्द्र श्रेष्ठ काठमाडौं(७ मा उठ्ने तयारीमा छन्।
काठमाडौं क्षेत्र नम्बर ८ भने नेकपा ९एकीकृत समाजवादी०ले लिने भएको छ। यो क्षेत्रबाट २०७४ मा जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए। श्रेष्ठ त्यसबेला नेकपा ९एमाले० बाट निर्वाचित भएका थिए। पर्यटन मन्त्रीसमेत रहेका उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन्।
असोज २३ मा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ। सत्ता गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा पनि फूलपाती अघि नै सिट बाँडफाँट गरिसक्ने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation