प्रेस सेन्टर रुपन्देहीमा नयाँ नेतृत्व, अध्यक्षमा पोख्रेल

प्रेस सेन्टर नेपाल रुपन्देहीको बिशेष अधिबेशन तथा साधारणसभाले १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । बिष्णु प्रसाद पोख्रेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा अम्बिका परियार , पबिता पौडेल, सचिवमा रमेश गैरे, सह सचिवमा प्रकाश पाण्डे, निर्मल थापा र सन्जय लामा, कोषाध्यक्षमा पशुपति यादव रहेका छन ।

त्यसै गरि सदस्यहरुमा दिपक कलवार, जगलाल नेपाली ,सुनिता चुदालि, अञ्जना चौहान, जितेन्द्र चौधरी , सुमित्रा तरामु, दिनेश प्रसाद लोध, नेत्र रुचाल छन ।

अधिवेशनमा नेकपा माओवादी केन्द्र लुम्बिनिका अध्यक्ष सुदर्शन बराल, नेकपा माओवादी रुपन्देहीका संयोजक निर्मल जिसि, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव यानेन्द्र जिसि, केन्द्रीय सदस्य भुवन कार्की, प्रदेशका बरिष्ठ उपाध्यक्ष रुद्रहरी कुँवर, निर्वतमान रुपन्देही अध्यक्ष कमल रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation