
बुटवल वैशाख ३,
बिधुतिय दुर्घटनामा परि घाईते भएका बुटवलका उद्योगी खेम श्रीसको निधन भएको छ।
बुटवलको ओैधौगिक क्षेत्रमा बिधुत ट्रान्सफरमर निर्माण सम्वन्धि उद्योग सन्चालन गर्दै आएका श्रीस गएको चैत ४ गते बिधुतिय दुर्घटनामा परेका थिए।
नवलपरासीको बर्दघाटमा मर्मत गरेको बिधुत ट्रान्सफरमर परिक्षणको क्रममा लो भोल्टेज बिद्धुत प्रवाहभएपछि उनी घाइते भएका थिए।
घाइते श्रीसको उपचारका लागि काठमाडौं स्थीत ग्राण्डी अस्पतालमा लगिएको थियो र उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ। लामो समयदेखि बुटवलमा उद्योग संचालन गर्दै आएका ५७ वर्षिय श्रीस नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य, महासंघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष एवं उद्योग व्यापार संघ बुटवलका पुर्व अध्यक्ष हुन। श्रीसले बुटवल औद्योगिक क्षेत्रमा बुटवल इलेक्ट्रोनिक्स एण्ड ट्रान्सफर्मर उद्योग संचालन गर्दै आएका थिए।