रुपन्देहीको एनआईसी बैंकमा लाग्यो ताला

बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो ।

स्थानीय होटल व्यवसायी तथा बैंकका सेवा ग्राही उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो राखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो
बुटवल । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । बैंकले ज्यादती गर्दै करोडौंको सम्पत्ति हडप्नेगरी नियतबस सेवाग्राहीको जग्गालाई लिलामी प्रक्रियामा लगेको भन्दै आइतबार तालाबन्दी गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation