दाङमा गाडेको अवस्थामा महिलाको शव फेला

दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।

घोराही उपमहानगरपालिका–१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।

मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation