
९ वैशाख, धनगढी । दार्चुलामा तुइनबाट खसेर एक जना महाकाली नदीमा बेपत्ता भएका छन् ।
शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका एसपी श्याम चौधरीले भण्डारी तुइनबाट खसेर नदीमा बेपत्ता भएको पुष्टि गरे । उनका अनुसार ब्याँस गाउँपालिका २ कै तल्लो
दुम्लिङको तुइन घाटबाट तुइन तरेर भारत जाने क्रममा नदीमा खसेर भण्डारी बेपत्ता भएका हुन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।