बुटवलसिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–बेलहीया छ लेनको व्यापारिक मार्गको तिलोत्तमा क्षेत्रमा निःशुल्क वाईफाई सञ्चालन भएको छ।
प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सञ्चालन भएको हो।
फ्रि वाईफाइको सोमबार विहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरे। योगीकोटीदेखि कोटीहवासम्म को १३ किलोमिटर हाइवे क्षेत्रमा फ्रि वाइफाइ सुरु गरिएको हो।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाको कटैयासम्मको ६ लेनको सूचना राजमार्ग शुभारम्भ गरेको बताए।
तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यको शुभारम्भ गरेको बताए। उनले यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापनबाट नगरपालिकाले आम्दानी गर्ने बताए।
हाईवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ। एउटा राउटरबाट हाल १ सय वटा डिभाइस कनेक्ट हुने बताइएको छ। यसबाट टिकटक भने चल्ने छैन।
‘सकारात्मक र सूचनाका लागि यो फ्रि वाईफाई जडान गरिएको हो। त्यसैले यसबाट टिकटक भने चल्दैन’, नगरपालिकाको सूचना प्रविधि उपशाखा प्रमुख सुदिप ढकालले बताए।
उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए। प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उनले बताए।