महानगरले फोड्यो शिक्षा विभागको ताला, बालेन र खड्काको जुहारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षा शाखामा लगाएको ताला फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो ।

 

राति नै महानगरको नगरप्रहरीले ताला फोडेको हो । महानगरपालिकाले बुधबार महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भातृ संगठनको राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको थियो ।
अखिल क्रान्तिकारी उपत्यका व्यूरो  इन्चार्ज नविन खड्काले महानगरको प्रहरी लगाएर विद्यार्थीका जायज मागहरु प्रति दमन गर्न खोजेको भन्दै ताला फोडिएको प्रति आक्रोस व्यक्त गर्दै ‘शैक्षिक माफियाको निर्देशनमा नेपालका विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनका विरुद्ध बालेन सरकार जसरी आएको छ, त्यसको हाम्रो संगठन प्रतिबाद गर्न चाहान्छ । हाम्रो संगठनले पट्क पट्क महानगरपालिकालाई मौखिक र लिखित रुपमा शैक्षिक बिकृती र शैक्षिक रुपान्तरणका विषय सहित माग पत्र पेस गरेको थियो । विगतमा पेश गरिएका मागपत्रको छलफल र बहसबाट हल गर्नुको सट्टा शैक्षिक माफीयासंग मिलेर विद्यार्थी संगठन बिरुद्ध आउनु दलाल पुजीवादी संसदीय व्यवस्था असफल भएको पुष्टि गर्दछ ।

अहिले शैक्षिक दलालहरुले सरकारी विद्यालय र संस्थागत विद्यालयहरुले चर्को शुल्क लिएका छन । भर्नाको नाममा ३००० देखि १००००० सम्म अबैधानिक रुपमा शुल्क अशुल्ने लगायत तमाम समस्या हुँदा महानगर कानमा तेल हालेर बसेको छ । बिगतमा हामीले बुझाएको मागहरु प्रति गम्भीर बन्दै महानगरले गरेको गलत निर्णय नसच्याए सम्म हाम्रो तालाबन्दी जारी रहन्छ ।

‘विद्यालयमा राजनीतिक कार्यक्रम नगर्नु’ भन्ने निर्देशनको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौं महानगरको शिक्षा विभागमा बिहीबार दिउँसो तालाबन्दी गरेको थियो । भर्नाको नाममा अवैधानिक शुल्क उठाउने विरुद्ध कारबाही नगरेको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

संगठनका मागहरु प्रति गम्भीर र लगाएको ताला तोडिए पछि अखिल क्रान्तिकारी उपत्यका व्यूरो इन्चार्ज निवन खड्काले थप संर्घष गर्ने उज्यालो पोष्टलाई बताए ।

मेयर बालेन साहले काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फोरेर विफल पारेको बताए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation