सदस्यको मन जित्न सफल मन्जुश्री सहकारी

रुपन्देहीको भैरहवामा केन्द्रीय कार्यालय सहित बुटवल, कपिलवस्तु जिल्लाको जितपुर र चन्द्रौटामा सेवा शाखा कार्यालय रहेको मन्जुश्री बहुउदेश्यीय सहकारी संस्थाले खिमराज भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व पायपछि भने आर्थिक संकटको समयमा पनि गति लिएको छ ।
खिमराज भण्डारीले सहकारीको नेतृत्व गरेको केहि समयको अवधिमा त्यो क्षेत्रका धेरै सहकारीमा समस्या आयो । तर, उनले सहकारीको विश्वानियतामा कमि आउन दिएनन् । समस्या आएका सहकारीमा के कारणले समस्या आएको हो भनेर उनी निहाल्थे । धेरै सहकारीमा समस्या आउनुको मुख्य कारण भनेको जग्गामा लगानी तथा भौतिक संरचनामा लगानी नै थियो ।
यी कुरामा मन्जुश्री बहुउदेश्यीय सहकारीका सञ्चालकहरु सचेत थिए । अध्यक्ष भण्डारीले पनि सदस्यको पैसा सदस्यलाई नै दिनुपर्छ भन्ने मान्यता राख्थे । त्यस कारणले पनि उनले अरुले भन्दा पनि जग्गामा लगानी गर्न दिएनन् । र, सहकारीलाई नियमसंगत चलाउनुपर्छ भनेर अठोट गरिरहे ।
अहिले करिव तिन बर्षदेखि सहकारीको नेतृत्व खिमराव भण्डारीले गरिरहेका छन् । उनी पेशाले गार्मेन्ट ब्यवसायी हुन । उनले ब्यवस्थापन बिषयमा स्नातकोत्तर गरेका छन् । उनलाई पनि सहकारी कसरी उत्कृष्ट बनाउने भन्ने चिन्ता छ ।
अहिले सहकारी स्थापना भएको करिव ४ बर्ष पुरा भईसकेको छ । दर्ता भएको सहकारीले आम मानिसको विश्वास त जितिसकेको छ’, उनले विगत सम्झदै भने, ‘धेरै मानिसहरुले भन्थे, यीनीहरुले कसरी सहकारी चलाउलान, संस्थापक अध्यक्ष वितिय क्षेत्रमा नै काम गरेको भएकाले उहाँले आफ्नो कार्यकालमा नै सहकारीलाई उचाईमा पुर्याउनुभयो । उहाँले माथि पुर्याउनुभएको उचाईलाई खस्कन नदिने कोशिस गरिरहेनु भएको छ ।

नेपाल लगायत विश्वभर फैलिएको कोरोना महामारीमा सबै कुरा ठप्प थियो । अर्थतन्त्र तहसनहस भएको थियो । सबैको कमाउने बाटो बन्द भएको थियो । विहान काम गरेर साझ छाक टार्नेहरुलाई निकै समस्या थियो । उनीहरुलाई मात्र होईन महामारीको समयमा हुनेखानेलाई पनि समस्या थियो ।
मन्जुश्री बहुउदेश्यीय सहकारीले कोरोनाको समयमा सबै डराएर घरबाहिर निस्कन नसकेको अवस्थामा पनि सेवा प्रवाहमा कमी आउन दिएन । एक दिन पनि कार्यालय बन्द भएन । कार्यालय आउन सक्नेले कार्यालयबाट सेवा लिए भने नसक्नेहरुलाई घरमा नै पुर्याउने व्यवस्था सहकारीले गरेको थियो ।
आफ्ना सदस्यहरुलाई हेल्थी फुड भनेर केही खानेकुरा र सेनीटाईजर लगायत औषधीहरुको प्याकेज बनाएर वितरण गरेको थियो । सहकारीका ‘सदस्यहरुको लागि मात्र हैन् अन्य आम मानिसहरु जसलाई सहयोग आवश्यक छ उनीहरुलाई पनि सहकारीले सहयोग गरेको थियो ।

उनले भने, ‘हामी जे गर्दा पनि योजना बनाएर गछौं, सहकारीको निति नियम भित्र बसेर गछौं, बचत झिक्न चाहनेलाई तत्काल दिएका थियौं, या ऋण लिन चाहनेलाई पनि हामीले तत्काल दिने व्यवस्था गरेका थियौं, कत्तिलाई त हामीले घरमा नै पुर्याईदिएका थियौं’ । कोरोना महामारीमा सहकारीले गरेको काम देखेर नै कोरोनापछि धेरै सदस्य वृद्धि भएको व्यवस्थापक चुरामणि विश्वकर्माले बताए । सहकारीले गरेको कामले गर्दा सहकारीप्रति विश्वासनियता बढेको छ ।

सहकारीले औषधी उपचार खर्च पनि दिने गरेको छ । सामाजिक उत्तरदायित्व सम्झेर सहकारीले गरेको कामले गर्दा नै कसैलाई पनि सदस्य बन्नुस भन्नु परेको छैन । आफै सहकारीमा आएर सदस्य बन्छु भन्नेलाई सहकारी शिक्षा तालिम दिएर सदस्य बनाउने काम गरेको छ । अहिले सहकारीमा ७ हजार ९ सय ३३ जना शेयर सदस्य रहेका छन् ।
पछिल्लो समयमा सहकारीमा देखिएका समस्याका कारण नियमसंगत चलेका सहकारीहर पनि त्रसित भएका छन् । त्यसबाट मन्जुश्री बहुउदेश्यीय सहकारी पनि अछुतो छैन् । तर सहकारीले त्यसलाई राम्ररी व्यवस्थापन गरिरहेको अध्यक्ष भण्डारी ले बताए ।

राम्रो सेवा दिन सक्यो भने सदस्य आफै बढ्छन् भन्ने बुझाई राखेको सहकारीले सदस्यको सेवामा कुनै कसर बाँकी राख्ने गरेको छैन् । अरु सहकारीमा यति उति व्याज दिन्छन् भनेर आउने सदस्यलाई उतै जानुस भनेर पठाउने गरेको छ । त्यसरी गएका धेरै सदस्य आफ्नो पैसा डुबेपछि फेरी मन्जुश्री बहुउदेश्यीय सहकारी मा आएर सदस्य बनेका पनि छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation