
बुटवल, वैशाख ३०। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक पहुँचका आधारमा उन्मुक्ति नदिन माग गर्दै शनिबार प्रदर्शन गरिएको छ। नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण हाल प्रहरीको हिरासतमा छन्। तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा स्थानीय युवाले दोषीलाई नछाड्न सरकारसँग माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
खाँण गृहमन्त्री रहेकै बेला गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। तर उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराले हराए। यसअघि २०७४ को निर्वाचनमा भने खाँण समानुपातिक प्रणालीमार्फत् प्रतिनिधि सभा सदस्य बनेका थिए। खाँण २०७८ असारदेखि २०७९ पुससम्म गृहमन्त्रीको जिम्मेवारीमा थिए।