देउवा, ओली र प्रचण्ड पनि दोषी देखिए कारबाही गर्नुपर्छ ः गोविन्द केसी

३० वैशाख, काठमाडौं । काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ ।

प्रदर्शनमा सहभागी नागरिक अगुवा तथा चिकित्सक डा. गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन् ।
ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनको भनाइ छ ।

 

‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन । छानबिन विस्तृत हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ । देउवा, ओली, प्रचण्ड पनि दोषी पाइयो भने कारबाही हुनुपर्छ । शीर्ष नेता भ्रष्ट नभइकन ऊ भन्दा तलको नेता भ्रष्ट हुन गाह्रो छ’ उनले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका नेताहरु फरार हुनुले उनीहरु दोषी रहेको आशंकामा बल मिलेको केसीको भनाइ छ । ‘निर्दोष हो भने प्रहरीमा उजुरी आउँथ्यो, उनीहरु भाग्न खोज्नु र भाग्नु भनेका स्वतः प्रष्ट हुन्छ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation