श्रीमति र छोरी बेपत्ता भएपछि खोजी गरिदिन आग्रह

सालझण्डी, ३० बैशाख । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका ७ बल्डेङगढी जोगदमारबाट श्रीमतिसहित छोरी बेपत्ता भएको भन्दै श्रीमान तुलवहादुर गाहाले श्रीमति र छोरी खोजी गरिदिन आग्रह गर्नुभएको छ ।
गाहाले वैशाख २८ गते विहिवार विहान साढे १० बजेतिर श्रीमति २२ बर्षीया यमकली गाहा ६ बर्षिया छोरी पुनम गाहा घरबाट रुपन्देहीको सालझण्डीतर्फ हिँडेको स्थानीयले देखेको भन्दै अहिलेसम्म बेपत्ताकै अवस्थामा रहेकोले खोजी गरिदिन आग्रह गर्नुभएको हो ।
यमकलीका श्रीमान तुलवहादुर गाहाले श्रीमति र छोरी हराएको भन्दै इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीमा समेत खोजी गरिदिन निवेदन दिनुभएको छ । उहाँले जसले देखेपनि नजिकको प्रहरी कार्यालय र आफ्नो मोबाईलमा सम्पर्क गरिदिन आग्रह गर्नुभएको छ ।
गाहाले श्रीमति यमकलीलाई जहाँ भएपनि एकपटक घर आउन आग्रह गर्नुभएको छ । उचाई ५ फिट, गहुँगोरी र निधारमा खत भएकी श्रीमति मोबाईलमा अर्कै व्यक्तिसंग कुराकानी गरेको र आफूले थाहा पाएपछि सम्झाई बुझाई गरेको गाहाले बताउनु भयो ।
छोरी पुनम गाहाले स्थानीय बल्डेङगढी जोगदमारकै मनकामना प्राबिमा कक्षा २ मा पढ्ने गरेको गाहाले बताउनु भयो ।
श्रीमति खोजी गरिदिन आग्रह गर्दै गाहाले कहिँ कतै देखेमा आफ्नो मोबाईल नम्बर ९८ ६७३ २० ५२६ र ९८४७३ ९६ ८९८ मा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation