सैनामैनामा वाइसीएलले गर्यो भ्रष्टाचार बिरुद्ध कोणसभा

नेकपा(माओवादी केन्द्र) निकट वाइसीएल ( योङ कम्युनिस्ट लिग) सैनामैनाको आयोजनामा भएको “प्रचण्ड सरकार को भ्रष्टाचार विरुद्धको अभियानमा एक्यवद्धता गरौ भ्रष्टाचारि विरुद्ध सम्पुर्ण आम नागरिक हरु एक होऔ”भन्ने मुल नाराका साथ सैनामैनाको कलौनी चोकमा कोणसभा सम्पन्न भयको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै आज साझ पाँच बजे कलौनी बजार चोकमा भयको कोणसभा कार्यक्रमा वाइसीएल रुपन्देहीका नेता गोभिन्द खरेलले भने ‘सो प्रकरणको छानबिनलाई रोक्ने, विषयान्तर गर्ने षडयन्त्र हुन सक्छन्। त्यसलाई रोक्न हामीले आन्दोलन सुरु गरेका हौं।’

भ्रष्टाचार र अपराधका नायक ठूला दलका नेताहरु नै भएको आरोप लगाउँदै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन ढिलाई गर्न नहुने पनि बताएका छन्। त्यसक्रममा उनीहरुले सो प्रकरणको विरोधमा लेखिएका प्लेकार्डहरु प्रर्दशन गरेका थिए। उक्त कोणसभामा नेकपा माओवादी केन्द्रका नेता भोला बस्याल , हस्त सावर, दिपक भण्डारी , तेजेन्द्र सुवेदी , रोमनाथ न्यौपाने लगायतले भ्रष्टाचार बिरोधि नारा लगाउदै अघि बढ प्रचण्ड साथ दिन तयार छौ जस्ता नारा लगायका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation