कांग्रेस प्रवक्ता भन्छन्– बालकृष्ण खाँणले आफूलाई निर्दोष प्रमाणित गर्छु भन्नुभएको छ

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको एक साता भइसकेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा बहस भए पनि कांग्रेसले कुनै निर्णय गरेको छैन । उनलाई निलम्बन गर्न पार्टीभित्रैबाट माग भइरहे पनि निलम्बन नगर्नुको कारण कांग्रेस प्रवक्ता रामशरण महतले बताएका छन् ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. महतले, खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका छन् । उनले भने, ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो ।’

यसबारे अनुसन्धान परिपक्क र स्वतन्त्र हुनुपर्ने बताउँदै महतले त्यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।

गिरोहसँग लेनदेन गरेको आरोप लागेपछि खाँणलाई गत वैशाख २७ गते प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation