सभामुख घर्तीले सिक्दै गर्दा पर्खालमा ठोक्कीयो सरकारी गाडी

बुटवल जेठ ३ । लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती बसन्तको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ।
सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवल स्थीत निवासका एक कर्मचारीले बताए। घटना ४÷५ दिन अघिको हो।

बुटवलको रामनगर स्थीत सभामुख निवासमा राखिएको लु १ झ ४५२ नम्मरको महेन्द्रा स्कारपियो पिकअपजिप दुर्घटनामा परेको हो। गाडी बुटवलकै एक ग्यारेजमा लुकाएर मर्मत गरिएको छ।

सभामुखको सचिवालयका अनुसार उक्त गाडी सभामुख आफैले सिक्ने क्रममा दुर्घटनामा परेको थियो। गाडीको बाहिरी भागमा ठुलो क्षती नदेखिएको भएपनि भित्र ठुलो क्षती भएको मर्मतमा संग्लन एक मेकानिक्सले बताए।

सरले आफैले सिक्नु भएको थियो अचानक नियन्त्रण गर्न सक्नु भएन् पर्खालमा ठोक्कियो गाडीको अगाडीको सिसा फुटेको छ भने निवासको पर्खाल समेत भत्किएको छ ति कर्मचारीले भने।

दुर्घटनामा परेको उक्त जिप बुटवलको मैनाबगर स्थीत महेन्द्रा कम्पनीको ग्यारेजमा मर्मतका लागि लगिएको थियो। अहिले उक्त जिप मर्मतका लागि बुटवलको बेलवासमा रहेको भैरव अटोवर्कसपमा लगिएको प्रदेशसभा सचिवालयका प्राविधीक सुरज ढकालले बताए।

यसअघि पनि सभामुखको सचिवालयका एक कर्मचारीले गाडी सिक्दै गर्दा लु १ झ ४४७ नंम्वरको टाटा स्ट्रोम जिप दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा बिद्युतको पोल ढल्नुका साथै स्थानीय डिल्लीराज अर्यालको घरमा क्षती पुगेका कारण बिवाद नमिलेर मर्मत हुन सकेको छैन्।

उक्त गाडी दुर्घटनामा क्षती भएका घरधनीले घरमर्मतका लागि २० लाख रुपैया दावी गरेका कारण बिवाद नमिलेपछि वडा प्रहरी कार्यालयमा थन्किएको छ।

अनाधिकृत ब्यक्तीले दुर्घटना गराएको उक्त जिप सभामुख घर्तीले सत्ता र शक्तिको दुरुपयोग दवाव दिएपछि बिद्युत प्राधिकरणले आफ्नै खर्चमा नया पोल गाडेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation