
बुटवल, जेठ ४। बुधवार राती बुटवलमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। बुटवलको नयाँगाउँतर्फबाट बेलबासतर्फ आउँदै गरेको लु ६३ प ८१८५ नं. को मोटरसाईकल बेलबास पाखापानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि प्यूठान घर भई हाल बुटवल १३ जितगढीमा बस्दै आएका ४४ वर्षिय श्रीधर पोखरेलको मृत्यु भएको हो।
बुधवार राती भएको उक्त दुर्घटनामा गम्भिर घाईते अवस्थामा भेटिएका पोखरेलले प्रहरीले उद्धार गरि अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पश्चिमतर्फबाट आएको मोटरसाईकल सडकको विपरित साईडमा पल्टिएको भेटिएकोले अनियन्त्रित भई दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे सडक छेउछाउमा राखिएका सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।