नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि अनुसन्धान गरौँ स् रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले प्रहरी प्रशासनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएकाको बयान लिन माग गरे । भ्रष्टाचारको विषयमा छानबिन गर्न आफूले मुटु नकमाउने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्ने बताउँदै उनले न्यायिक प्रक्रियामा सबैले सहयोग गर्नुपर्ने बताए । भ्रष्टाचारको विषयमा हाइप्रोफाइल भन्ने नहुने भन्दै उनले फाइल हुने बताए ।

प्रमुख तीन दलका शीर्षनेताहरुको भेटघाटमा दोषी जोगाउने गन्ध आएको भन्दै लामिछानेले कसैलाई पोल्नेमात्र काम पनि गर्न नहुने बताए ।
भ्रष्टाचारको विषयमा आफ्नो पार्टी निर्मम रहेको भन्दै उनले न्यायालय र सेनामाथिको भ्रष्टाचारको विषयमा बोल्नै मान्छे डराउने गरेको समेत बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation