गुल्मीमा हँसिया प्रहार गरी बुवाले काटे छोराको नाक

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । गुल्मी जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन ।

 

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती करिब १ बजेको समयमा घरयासी बिवादका क्रममा बाबुले हसिया प्रहार गर्दा छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ । जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी स्थलमा पुगी बाबु दिलबहादुरलाई हसिया सहित नियन्त्रणमा दिएको छ । घाइते छोरालाइ गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । नियन्त्रणमा लिइएको व्यक्ति जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए

स्मरण रहोस केही वर्षअघि त्यसटोलका छिमेकी कुखरिकाच्याना भन्ने टोलमा मदिरा सेवन गर्दै झै झगडा हुँदा भाइले दाजुलाइ गापोले हानेर हत्या गरेका थिए । मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिदै आएकोछ। घरेलु हिंसा लगायतका कारण सम्बन्ध बिच्छेदका उजुरी बढेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिबक्ता पार्वती कुँवरले बताएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation