
सैनामैना, जेठ २१ । रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जादै गरेको लु १ च ९०२४ नम्वरको जिप रैनादेवी छहरा गाउँपालिका वडा नंं ८ सत्यवतीमा आज बेलुका ५ बजेको समयमा दुर्घटना भएको छ।
दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको, १२ जना घाईते भएको वडा अध्यक्ष रेम बहादुर रानाले जानकारी दिए ।
घाईतेहरु लाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागी बुटवल तर्फ पठाएको वडा अध्यक्ष रानाले जानकारी दिए। मृतकहरुको पनि पोष्टमार्टमको लागी बुटवल तर्फ पठाएको उनले बताए।
मृतक को को हुन भन्ने बारेमा प्रहरीले सोधपुछ गरिरहेको छ। जिप अत्याधिक लोड भएकोले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको जिप सडक बाट करीव ७० मिटर तल खसेको प्रहरीले बताएको छ।
घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी सालझण्डीबाट प्रहरीहरु परिचालन भएका छन।