
प्रकृति स्वरुप सँगै वर्दान रहेको जल्पा चुलिडाडा विभिन्न भु–वनोट अग्लो पहाड हरियाली मनमोह साथै यंहा रहेको भौतिक संरचनाले सबैको मन तानेको छ ।
हरेक साता शनिबार विशेष फुर्सदको समय मिलाएर आन्तरिक तथा वाह्य पर्यटकहरूले पुर्ब खोला गाँउपालिका २ जल्पाको पर्यतकीय क्षेत्र चुलिडाडाको अवलोक गर्ने गर्दछन् । अन्य विदा साथै अरु बार पनि आउने जाने क्रम बड्दो रहेको छ । असारको पहिलो शनिबार आकाशको पानी नपरेको कारण फुर्सदिलो समय अनि गर्मी छल्नको लागि २ सय जना बढीले अवलोकन गरेका छन।
रम्भाको फुरुन्दी, झोकेदि, पुर्बखोलाको बिरकोट , देबिनगर, माथागढिको बाहादुपुर, डमकडा आर्यभन्ज्याङ् लगाएतका स्थान बाट अबलोकन गरेर फर्केको जिप चालक विजय सिङजालीले जनकारी दिनु भयो।
समुन्द्र सतह देखि १८ सय मिटर उचाइमा रहेको यस क्षेत्रमा प्राकृतिक सुन्दरता विभिन्न पर्यटकीय भौतिक संरचनाहरु साथै अहिले बढ्दो गर्मी मौसममा पनि चिसो हावाले गर्दा गर्मी छल्न साथै क्याम फायर बस्नेको आकर्षक बढेको यँहाको स्थानीय बासी दान ब.कुँवर ले बताउनु भयो । सिजन अनुसार राम्रो व्यापार बढेको स्थानीय होटेल व्यवसायी मीन बहादुर बारघरेले बताउनु भयो। अहिले सम्म टिकट सिस्टम भने गरेको छैन । पर्यटन व्यवस्थापन पक्षमा थुप्रै काम बाकी रहेको ढोलिमारा सामुदायिक, होम स्टे , का अध्यक्ष पहल सि घर्तिले बताउनु भयो।