
रुपन्देहिको कञ्चन गाउँपालिका वडा नम्बर २ मा रहेको गजेडि स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुति सेवा (बर्थिङ्ग सेन्टर) को सुभारम्भ भएको छ। कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको हो ।
यस बर्थिङ्ग सेन्टरबाट सुरक्षित सुत्केरीदेखि लिएर नवजात शिशु स्याहार, सुत्केरीपछि हुने जटिलता र सुत्केरीपछि पनि चेकजाँच गरी राख्नुपर्ने जस्ता सेवाहरु उपलब्ध हुनेछ। तर अपरेशन नै गरेर शिशु निकाल्न र अत्यावश्यक अवस्थामा अस्पताल नै लैजानुपर्ने स्वस्थ्य प्रमुख राम प्रसाद गौतमले बताउनुभयो।
कार्यक्रमा उपाध्यक्ष मौसमि पुन मगर, प्रवक्ता चित्र तुलाचन, प्रमुख प्रशासकीय अधिकृत सागर गौतम लगायतले बोल्नु भएको थियो ।