
बुटवल असार १९ । लुम्बिनी प्रदेशसभा बैठक चलिरहेकै बेला जेनेरेटरमा आगलागी भएपछि प्रदेशसभा बैठकस्थगीत भएको छ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका मुख्य सचेतक तुल्सी प्रसाद चौधरीले बोल्दै गर्दा अचानक लाईन गएपछि अध्यक्षता गरि रहेका प्रदेशसभाका सभामुख तुलाराम घर्तीले बैठक स्थगीत गरेका थिए।
सभामुख घर्तीले जेनेरेटरमा आगलागी भएकाले १० मिनेटका लागि बैठक स्थगीत भएको बैठकलाई जानकारी दिएका थिए।
लुम्विनी प्रदेशसभाका उपकरण र मसिनरी खरिदहरुमा अनियमितता गरि कमसल खालका उपकरणहरु खरिद गरेका कारण पटक पटक यस्ता समस्याहरु उत्पन्न हुदै आएको एक सांसदले भने।
लुम्बिनी प्रदेशमा बजेटका विषयमा असन्तुष्टि जनाउँदै लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकार बीच मंगलबार राती सहमति भएपछि बुधबारको बैठक बसेको हो।
बैठकको सूरुमा मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सम्वोधन गरेका थिए। चौधरीले सदन चल्ने बातावरण तयार गर्ने सबैलाई धन्यबाद दिदै लोकतान्त्रीक अभ्यासमा सबैको समान सहभागीताको जरुरी रहेको बताएका थिए।
बैठकलाई संबोधन गर्दै एमाले सांसद तुलसी चौधरीले मुख्यमन्त्री र केही मन्त्रीहरुले आफ्नो जिलल्ला र क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै आपत्ति प्रकट गरे। त्यसअघि मुख्यमन्त्री डिल्लीकुमार चौधरीले बैठकलाई संबोधन गरेका थिए।