कोशी सरकारको बैधानिकतामाथि आजबाट सर्वोच्च अदालतमा बहस हुने

काठमाडौं । कोशी प्रदेश सरकार गठनको प्रश्नलाई लिएर सर्वोच्च अदालतमा आजदेखि बहस सुरु हुने भएको छ । कोशी सरकार गठन अस‌बैधानिक भन्दै परेको रिटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले दिएको निर्देशन अनुसार आज देखी बहस हुन लागेको हो ।

सो प्रदेशका निबर्तमान मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायधिस मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरे पछि आज देखी कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ । जसमा आजवाट दुवै पक्षले आ आफनो तर्फवाट बहस गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation