
विकसित मुलुकले सहरबीच पर्ने नदीनालालाई स्वच्छ र हराभरा बनाउँछन्। तर सैनामैनामा भने पुर्व पश्चिम् राजमार्गमा पर्ने सडक किनारमै फोहोर फ्याक्ने डम्पिङ साइट बनाउने गरिएको छ। सैनामैनाको वडा न ९ मा पर्ने पवित्र बालउधान पार्क र संगै भयर बग्ने खोलासमेत फोहोर फाल्ने नदीमा परिणत भएको छ।
नदीनालालाई डम्पिङ साइट बनाउने विषयमा लुम्बिनी प्रदेशका तराईका अन्य पालिका पनि कम छैनन्। तर सैनामैनामा भने ठूलो धनराशि खर्च गरेर बालउद्यन रहेको पिलडाडा पार्कमै फोहोर फालियको हो । नगरमा रहेका पार्क, खोलानाला र जंगल डम्पिङ साइट बनेका छन्। नदी, खोला, जंगलमा जथाभावी फालिने फोहोरले वातावरणलाई प्रदूषित बनाइरहेको छ। नेपालमा कानुनले नै नदी तलाउमा ठोस तथा झोल जन्य फोहोर फाल्न प्रतिबन्ध लगाएको छ। तर, व्यवहारमा स्थानीय सरकारले नै नदीकिनारलाई फोहोर डम्प गर्ने थलोका रूपमा प्रयोग गरिरहेका छन्।
नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरलाई घर–घरबाट संकलन गरी सालझण्डीको पिपलडाँडामा रहेको अस्थायी डम्पिङ साईडमा व्यवस्थापन गर्दै आएको छ ।
दैनिकरुपमा प्रत्येक घरघरमा पुगेर फोहोरमैला उठाएर डम्पिङसाइडमा पुर्याएर व्यवस्थापन गर्न नगरपालिकाले वार्षिक करोड रुपैयाँ खर्च गर्ने गरेको नगरपालिकाको वातावरण शाखाले बताएको छ । सैनामैना नगरपालिकामा दैनिकरुपमा २१ टन फोहोरमैला उत्पादन हुँदै आएको छ ।
सैनामैनामा यसरी सडक किनारमै फोहोर फालेपछी स्थानिय आन्दोलित बनेका छन , होटल व्यावसायि हिरामडी भन्छन खाना खाने बेलामा गुहिय माखो आयर खानामा बस्छ र ग्राहक कयौ पटक खाना फालेका छन । यति सुन्दर बन्दै गरेको पार्कमा बस्नै नसकिने गरि गन्ध आउँछ कसरि पर्यटक आउछन । दैनिक हजारौ गाडी यो सडक भयर यात्रा गर्छन । उनीहरुले सैनामैनालाइ कुन रुपमा लियका होलान जहाँ सडक किनारमै फोहोर फालिन्छ ।
कुल १ अर्ब बढी लगानी अनुमान गरिएको प्रशोधन केन्द्र सैनामैना नगरपालिका–१० को एकला पहाड भन्ने स्थानमा बनाउन लागियको भन्न लागेको पनि पाँच बर्स भैसक्यो तर प्रगती भने शून्य छ । बिगतका बर्षहरुमा फोहोर फाल्ने ठाउँको फोहोर पुर्ने काम ठेक्का प्रणाली मार्फत जान्थ्यो भने चालू आर्थिक बर्ष ८०/८१ का लागि अहिले स्थानिय टोल मार्फत गर्ने गरि नगरले जिम्मा दिएको छ ।